कैलालीका ठूला आयोजनाको वित्तिय प्रगति न्यून 

 

धनगढी – कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रारम्भिक विवरण अनुसार कैलालीमा गत आर्थिक वर्ष २०७८/७९ मा ठूला आयोजनाको वित्तिय प्रगति न्यून रहेको छ । कैलालीमा विगतदेखि कार्यान्वयनमा रहेका रानीजमरा सिँचाइ आयोजना, संघीय आयोजना कार्यान्वयन इकाइ, स्थानीय विकास पूर्वाधार आयोजना र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम, मोहना पुल–अत्तरिया ६ लेन सडकलगायत ठूलो बजेटका पूर्वाधारका आयोजना हुन । यी आयोजनामा वित्तिय प्रगति भने न्यून देखिएको हो ।

maya metro hospital

रानीजमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत कृषितर्फको कार्यक्रममा ४० लाख वार्षिक बजेट रहेकोमा ४ लाख ९८ हजार मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले जनाएको छ । स्थानीय पूर्वाधार विकास आयोजनाले ५१ प्रतिशत वित्तीय प्रगति गरेको उल्लेख गरेको छ । १४ करोड ६३ लाख वार्षिक बजेट रहेकोमा उक्त आयोजनाले ७ करोड ४५ लाख मात्र खर्च गर्न सकेको छ ।  कुल २ अर्ब १४ करोड ८४ लाख १७ हजार बजेट रहेको क्षेत्रीय आयोजना कार्यान्वयन ईकाइले ९५ करोड ९२ लाख खर्च गरेको छ ।  यस्तै, एक अर्ब ६० करोड वार्षिक बजेट रहेको सहजपुर–बोगटान सडकमा ६५ करोड ९४ लाख मात्र खर्च हुन सकेको छ । २५ करोड बजेट रहेको मोहना पुल–अत्तरिया ६ लेन सडक आयोजनामा १४ करोड १५ लाख खर्च भएको छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र हुलाकी सडक योजनामा भने तुलनात्मक रूपमा वित्तीय उपलब्धि अन्य आयोजनाभन्दा धेरै छ । हुलाकी सडक योजना कार्यालयले भने ९९ प्रतिशत प्रगति रहेको कोष तथा लेखाले जनाएको छ ।  ५० करोड ५८ लाख बार्षिक बजेट रहेको हुलाकी सडक योजनाले ५० करोड १४ लाख खर्चिंदै सबैभन्दा बढी प्रगति गरेको हो ।

attariya hospital

३५ करोड २९ लाख वार्षिक बजेट रहेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमले ३० करोड ३५ लाख खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीबाट प्राप्त विवरणमा उल्लेख छ । कोलेनिका कैलालीका अनुसार आर्थिक वर्ष ०७८/७९ मा स्थानीय तह, पूर्वाधार विकासका ठूला आयोजना तथा विभिन्न विषयगत कार्यालयका लागि संघीय सरकारबाट प्राप्त भएको कूल बजेट मध्ये ५ अर्ब ३५ करोडभन्दा बढी खर्च हुन नसकेर फ्रिज भएको छ । कार्यालयका लेखापाल कृष्णप्रसाद आचार्यले भने ‘पूर्ण विवरण अझै आइसकेको छैन । स्थानीय तहले केही ढिलाइ गरेका छन ।’

प्राप्त विवरण अनुसार आव ०७८/७९ मा कैलालीका विभिन्न कार्यालयहरूमा कुल ३९ अर्ब ६१ करोड ८६ लाख १६ हजार बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये ३४ अर्ब २६ करोड २८ लाख मात्र खर्च हुन सकेको छ ।  त्यसमा पनि पुँजीगत बजेट खर्चभन्दा चालुतर्फको खर्च अत्यधिक छ । चालुतर्फ ३० अर्ब २ करोड बजेट रहेकोमा २८ अर्ब २५ करोड खर्च भएको छ । तर पुँजीगततर्फ विनियोजित कुल ९ अर्ब ५९ करोड ३४ लाखमा ६ अर्ब १२ करोड ७९ लाख खर्च भएको प्रारम्भिक हिसाब आएको कोलेनिका कैलालीले जनाएको छ  ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.