बैतडीमा बदेलको आक्रमणमा परेर एक जना घाइते

बैतडी – बैतडीमा बदेलको आक्रमणमा परेर एक जना  घाइते भएका छन । पञ्चेश्वरमा गाउँपालिका – ३ का ३८ बर्षिय मदन सिंह साउँद मकै बालिमा पसेको बदेलको आक्रमणबाट घाइते भएका हुन ।

maya metro hospital

शनिबार दिउसो मकै बालिमा पसेको बदेललाइ धपाउन खोज्दा साउदलाई बदेलले आक्रमण गरेको साउँदका भाई सुरेन्द्रले जानकारी दिएका छन ।

घाइते साउँदको उपचारका लागि डडेल्लधरा पुगाइएको भएपनि त्यहा उपचार सम्भव नभएपछि धनगडी स्थित सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । बैतडीमा बर्षेनी बालिमा बदेलले आक्रमण गर्ने गर्दा किसानहरु मारमा पर्ने गरेका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.