अत्तरया – कैलालीको अत्तरियामा रहेको सोल्टी फोटो स्टुडियो सञ्चालन गर्दै आएका सुभाष गौतमको मृत्युको शोकमा आज कैलालीका फोटो स्टुडियो बन्द गरिएका छन । नेपाल फोटोग्राफर एशोसियसन कैलालीको आह्वानमा आज १ दिन फोटो स्टुडियो बन्द गरिएका हुन ।
नेपाल फोटोग्राफर एशोसियसन कैलालीका अध्यक्ष झुपेन्द्र बोहराले एक सूचना जारी गरी जिल्ला भरीका फोटो स्टुडियो बन्द गरिदिन अनुरोध गरेका छन ।
लामो समय देखि गोदावरी नगरपालिका– १ अत्तरियामा फोटो स्टुडियो सञ्चालन गर्दै आईरहेका ४२ वर्षीय गौतमको आज बिहान मृत्यु भएको थियो । उनको शोकमा आज अत्तरिया बजारमा रहेका अन्य पसलहरु पनि आंशिक रुपमा बन्द भएका छन ।
शनिवार विषादी सेवन गरेका गौतमको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले हो । गौतम नेपाल फोटोग्राफर एशोसियसन कैलालीका सल्लाहकार समेत रहेका थिए ।