एउटै रुखमा झुन्डिएको अवस्थामा तीन किशोरी मृत फेला

झापा – झापाको कचनकवल गाउँपालिका–५, पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

Karma Consultancy
belauri nagarpalika

तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । आफैंले काम गर्ने बगानमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

citizen security services

पारिवारिक श्रोतका अनुसार तीनै जना शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका थिए । ‘सामूहिक आत्महत्या’ हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.