कैलालीमा रोकिएको जीपमा मोटरसाइकल ठोक्किँदा घाइते भएका जोशीको मृत्यु

धनगढी – कैलालीमा रोकिराखेको जीपमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका जुम्ला तातोपानी गाउँपालिका–१ का २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको छ ।

Karma Consultancy
belauri nagarpalika

लम्कीचुहा नगरपालिका–२ मोतिपरस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको बा २१ च २९०३ नम्बरको बोलेरो जीपमा क १ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किदा घाइेते भएका मोटरसाइकल चालक जोशीको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई लालरत्न अस्पताल लम्कीमा उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरिएको थियो ।

citizen security services

सोही दुर्घटनामा परी मोटरसाइलमा सवार जुम्ला तातोपानी गाउँपालिका–१ कै २५ वर्षीय अक्कल कठायत घाइते भएका थिए । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.