बैतडीमा ३८ सय बढी सवारी साधन कारबाहीमा
बैतडी – बैतडीमा ट्राफिक प्रहरीले ३८ सय बढी सवारी साधनहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७८÷७९मा जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ८ सय २६ सवारी साधनहरुहरुलाई कारबाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राम सिंह भण्डारीका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १५ ट्रक÷ट्याङ्कर, ६४ बष, २ हजार ९३ जीप कार र भ्यान कारबाहीमा परेका छन् ।यस्तै ३ सय २ ट्याक्टर, ७ सय ७२ मोटर साइकल र १ सय ४०ओटा अन्य सवारीसाधन कारबाहीमा परेका ट्राफिक प्रमुख भण्डारीले बताए ।
कारबाहीमा परेका सवारीसाधनबाट २१ लाख १८ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।