दिपायल बजारका छाडा गाईको व्यवस्थापनको काम सुरु

 

डोटी – दिपायल सिलगढी नगरपालिकाले नगरभित्र देखिएका छाडा गाईको व्यवस्थापनको काम सुरु गरेको छ । छाडा गाईले अन्न तथा तरकारी बाली नास गरेको, सडक दुर्घटनाको जोखिम बढाएको र फोहर व्यवस्थापनमा समेत समस्या परेको भन्दै गुनासो आएपछि नगरपालिकाले छाडा गाई व्यवस्थापन कार्य सुरु गरेको छ ।

Karma Consultancy

छाडा गाईवस्तु व्यवस्थापन गर्न सायल गाउँपालिका–६ मा सञ्चालित गोलेदेउला भवानी गौशालासँग बिहीबार नगरपालिकाले सम्झौता गरेको थियो ।

citizen security services
belauri nagarpalika

छाडा गाईको पालनपोषणका लागि नगरपालिकाले गौशालालाई दुई लाख रुपैयाँ सहयोग दिने सम्झौता भएको नगर प्रमुखका निजी सचिव नरेश खड्काले जानकारी दिए ।उनले ‘अहिलेलाई सहयोग स्वरुप दुई लाख रुपैयाँ दिइएको हो, यदि गाईको पालन र हेरचाह राम्रोसँग ग¥यो भने थप्न सकिन्छ ।’

attariya hospital

सम्झौता अनुसार गौशालाले शुक्रवार ५८ गाईवस्तु संकलन गरेर लगेको छ । डोटीको मुख्य व्यापारिक केन्द्र पिपल्ला, दिपायल, राजपुर, एयरपोर्ट लगायत आसपासका छाडा गाईवस्तुहरु संकलन गरिएको गौशाला सञ्चालक नरेन्द्र बिकले जानकारी दिए । उनले नगरभित्र कतै थप गाईहरु भेटिए आफूहरुलाई खवर गर्न समेत आग्रह गरे ।

नगर प्रमुख खड्काले गाईलाई यसरी छाडा नछोड्न नगरबासीसँग आग्रह गरेका छन् । ‘हामी दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि घरबाट लखेट्ने गछौं’ खड्काले भने ‘गाई देशको राष्ट्रिय जनावर पनि हो, त्यसैले यस्तो कार्य कसैले गर्नु हुँदैन ।’ उनले कसैलाई गाई पाल्न अप्ठेरो भएको भए गौशालामा लगेर बुझाइ दिन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.