खाद्य ऐनप्रतिकूल काम गर्ने कैलालीका २७ उद्योगविरुद्ध मुद्दा दर्ता

धनगढी – कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा खाद्य ऐन प्रतिकूल कार्य गर्ने २७ उद्योगविरुद्ध मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्लामा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर भेटिएका २७ वटा उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको हो।

maya metro hospital

कार्यालयका अनुसार जिल्लामा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर भएकामा मम उद्योग, बेकरी, पाउरोटी, फास्टफुड, फुड प्रोडक्टस लगायतका उद्योग रहेका छन्।

शुक्रबार धनगढीमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा कार्यालय प्रमुख नवराज दाहालले खाद्य तथा दाना ऐनअनुरुप संकलन गरिएका नमुनाहरुमध्ये ३६ नमुनाहरु प्रतिकूल पाईएकाले कारबाही प्रक्रिया अघि बढाइएको बताए। उनले भने, ‘यस क्रममा उद्योगी व्यवसायीहरुसँग बयान लिने, सरकारी वकिलबाट राय निकासा लिने कार्य अघि बढिरहेको छ ।’

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.