धनगढी – नेपाल प्रेस युनियन कैलाली शाखा देशभरमै उत्कृष्ट घोषित भएको छ । शुक्रबारबाट हेटौडामा सुरु भएको नेपाल प्रेस युनियनको नवौ राष्ट्रिय महाधिवेशनमा कैलाली शाखा उत्कृष्ट घोषित भएको हो ।
उत्कृष्ट घोषित भएसँगै शाखालाई सम्मान पत्र प्रदान गरिएको छ । नेपाली काङ्ग्रेसका उपसभापती पुर्ण वहादुर खड्का, महामन्त्री बिश्वप्रकाश शर्मा, बाग्मती प्रदेशका सभापति ईन्द्र बानिया, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले संयुक्त रुपमा कैलाली शाखा अध्यक्ष श्रवण देउवालाई सम्मान पत्र प्रदान गरेका हुन ।
नेपाल प्रेस युनियनको विधि विधान अनुसार संगठन सुदृढीकरण, संगठन विस्तार, कोरोनाको कहरमा अग्रपंतिमा रहेर पत्रकारको हक हित र संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै प्रेस युनियनको कैलाली शाखा लाई सम्मान गरिएको शाखाका अध्यक्ष देउवाले बताए ।
उनले सम्मान पत्रले आफुहरुमा थप हौसला थपिएको समेत बताए । आगामी दिनमा पत्रकार र पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि थप सकृय भएर अघी वढ्ने उनले वताए ।