आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक

 

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।  राष्ट्र बैंक संचालक समितिले शुक्रबार आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको हो ।

Karma Consultancy

मौद्रिक नीति सार्वनजिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) लाई बढाउने बताए । उनका अनुसार मौद्रिक नीतिलाई कसिलो बनाइएको छ । कर्जालाई उत्पादशील क्षेत्रतर्फ लक्षित गरिनेछ । कोभिडका कारण दिइएका सहज व्यवस्थालाई कटौति गरिनेछ ।

citizen security services

दुई थरी ब्याजदर

attariya hospital

मौद्रिक नीतिले दुई थरी ब्याजदरको व्यवस्था गर्ने भएको छ । जसमा उत्पादनमा जाने कर्जा र अन्य क्षेत्रमा जाने कर्जाको ब्याजदर अन्तर कायम गर्ने बताएका हुन् । जसले उच्चदरको आर्थिक वृद्धिदरलाई सर्पोट गर्ने जनाइएको छ ।

नगद अनुपातमा १ प्रतिशतले वृद्धि

अनिवार्य नगद अनुपातलाई भाद्र १ गतेदेखि १ प्रतिशत विन्दुले वृद्धि गरी ४ प्रतिशत पु¥याएको छ । बैंक तथा वित्तीय  संस्थाले वैधानिक तरलता अनुपातलाई बढाई वाणिज्य बैंकहरूले आगामी पुस मसान्तसम्ममा १२ प्रतिशत र विकास बैंकले १० प्रतिशत पु¥याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिले गरेको छ ।

साना लघुउद्यमीलाई पुनरकर्जा निरन्तर

belauri nagarpalika

मौद्रिक नीतिले  साना तथा लघु उद्यमीलाई पुनरकर्जा निरन्तर दिने भएको छ । गत २ आवदेखि दिन शुरू भएको यस्तो पुनरकर्जा साना लगानीकर्तालाई लक्षित गरेर निरन्तर दिइने बताइएको छ ।

मर्जरको सुविधा पुस मसान्तसम्म

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियतहरु चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने भएको छ । यस्तो व्यवस्था गत आर्थिक वर्षको असार मसान्तसम्म मात्र भनिएपनि मर्जर आकर्षणका लागि पुस मसान्तसम्म जारी राख्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले लिने ऋणको ब्याजदर बढ्यो 

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर (बैंक दर) बढाइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पु¥याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो ।

प्यानल ब्याज नलिइने

सरकारले ५ लाखसम्म कर्जा लिएका उद्योगीहरूसँग प्यानल ब्याज नलिने घोषणा गरेको छ । अधिकतम ५ लाखसम्म कर्जा लिएका उद्योगीहरूलाई मौद्रिक नीतिले सावाँ तथा ब्याज असोज मसान्तसम्ँम भुक्तानी गरेमा प्यानल ब्याज लिन नपाउने व्यवस्था गरेको छ । असार मसान्तसम्म बुझाउनुपर्ने व्यवस्था रहेकोमा मौद्रिक नीतिले यसलाई बढाएको हो ।

१२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए । गएको वर्ष कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.