दार्चुलामा मतदान स्थल हेरफेर गरिने
दार्चुला – दार्चुलामा हाल कामय रहेका मतदान स्थल हेरफेर गरिने भएका छन । मतदाताको सहजताका लागि मतदान स्थल हेरफेर गर्न लागिएको हो ।
बिहीबार बसेको जिल्ला मतदान स्थल र मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान स्थल पुनरावलोकनबारे सरोकारवालासँग छलफल गरेको थियो । बैठकले मतदान स्थल हेरफेरका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेकोे छ ।
२०७९ को स्थानीय निर्वाचनमा दार्चुलामा १ सय १० मतदान स्थल र १ सय ३९ मतदान केन्द्र कायम गरिएका थिए ।