सुदूरपश्चिममा थप ७ जनामा कोरोना पुष्टि
अत्तरिया – सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा ७ जनामा संक्रमण भेटिएको हो ।


निर्देशनालयका अनुसार कञ्चनपुरको सीमा नाकामा १८२ जनाको ऐन्टिजेन परीक्षण गर्दा ४ जना र सेतीमा ११ नमूनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण फेला परेको हो ।

