जिल्ला समन्वय समिति बाजुराका लागि एमालेको एकल उम्मेदवारी
अत्तरिया – जिल्ला समन्वय समिति बाजुराको लागि नेकपा एमालले मात्रै उम्मेदवारी गर्दा गराएको छ । आज उम्मेदवारी गर्दाको समय तोकिएकोमा एमालेले मात्रै उम्मेदवारी दिएको हो । यो संगै जिल्ला समन्वय समिति एमालेको बन्ने निश्चित भएको छ ।


मुख्य निर्वाचन अधिकृत्त माधवप्रसाद घिमिरेका अनुसार नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछी सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतराले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउद र दलित महिला सदस्यमा रम्ब देवी विकले उम्मेदारी दर्ता गराएका छन ।

९ वटा पालिका रहेको बाजुरमा जम्मा १८ जनामध्ये १२ जना एमालेको पक्षमा र ६ जना नेपाली कांगेस पक्षका छन् । नेकपा एमालेमा १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत छ ।

कार्यतालिका अनुसार अब साउन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन निर्वाचन प्रक्रिया अगाडी बढाइने छ ।