नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ सय नाघ्यो 

 

काठमाण्डौं –  नेपालमा कोरोनाका संक्रमितको संख्या बढ्न थालेपछि संक्रिय संक्रमितको संख्या २५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण देखिए संगै संक्रिय संक्रमितको संख्या २ हजार ५ सय ३५ पुगेको हो ।

maya metro hospital

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ५५४ जनाले ज्यान गुमाएका छन् ।

बिहीबार ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा देशभर १ हजार ६६७ पीसीआर तथा १ हजार ९०२ एन्टिजेन परीक्षण भएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.