धनगढी – बिभिन्न माग राख्दै घोडाघोडी नगरपालिकाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । मेयर खडक रावतको नेतृत्वमा भएको नगरको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा भेटेको हो ।
भेटमा घोडाघोडीमा नगरस्तरीय रिङरोड, घोडाघोडीमा रहेको कन्द्रा नदीले प्रत्येक वर्ष ठूलो क्षति पु¥याएको हुँदा त्यसको तटबन्ध र नगर कार्यालय बनेको क्षेत्रको भोकाधिकारको विषयमा छलफल भएको थियो ।
उक्त मागका बिषयमा प्रधानमन्त्री देउवाको सकारात्मक प्रतिक्रिया आएको घोडाघोडी नपा– १ का वडाध्यक्ष एवं नगर प्रवक्ता घनश्याम ओझाले जानकारी दिए ।
प्रधानमन्त्री भेट्न मेयर रावत संंगै उपमेयर गुलिया चौधरी, प्रमुख कार्यकारी अधिकृत दीपक आचार्य, वडा नम्बर १ का अध्यक्ष ओझा, ३ का अध्यक्ष कृष्ण गौतम र कांग्रेस कैलालीका उपसभापति भीम बडुवाल बालुवाटार पुगेका थिए ।