मोहन्यालमा पौनै २ करोडमा निर्माण गरिएको पुल ४ महिनामै भाँसियो 

 

धनगढी – कैलालील्को मोहन्यालमा झण्डै पौने २ करोडको लागतमा निर्माण गरिएको पुल निर्माण सम्पन्न भएको ४ महिनामै भाँसिएको छ । मोहन्याल गाउँपालिका–७ स्थित बाँका खोलामा निर्माण गरिएको २०.६ मिटर लामो मोटरेबल पुल चार महिनामै भाँसिएको हो ।

Karma Consultancy

उक्र पुल निर्माणका लागि इन्द्रधनु अछाम निर्माण सेवाले पूर्वाधार विकास कार्यालय कैलाली संग भ्याटबाहेक १ करोड ७९ लाख ३८ हजार १ सय ७१ रुपैयाँ ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले गुणस्तरहीन सामग्रीको प्रयोग गरेर मोटरेबल पुल निर्माण गर्दा भाँसिएको स्थानीय आरोप लगाएका छन ।

citizen security services
belauri nagarpalika

पुल निर्माण सम्पन्न भएको चार महिना बित्न नपाउँदै भाँसिएको भन्दै स्थानीय लीला माझीले कर्मचारीको मिलेमतोमा निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेर काम गरेको बताए ।

attariya hospital

यता पूर्वाधार विकास कार्यालय कैलालीका इन्जिनियर नवराज रावलले भने वर्षासँगै आएको भेलले पुलको छेउबाट हल्का काटेको बताए । उनले उक्त भागको निर्माण कम्पनीले मर्मत पनि गरिसकेको बताए ।

२९ असार २०७७ सालमा पुल निर्माणका लागि सम्झौता भएकोमा २० चैत्र २०७८ मा काम सम्पन्न गरिएको थियो । उक्त पुलको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.