सुदूरपश्चिम सरकारद्धारा गत आवकै ६० करोड भुक्तानी गर्न बाँकी

धनगढी – सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा भुक्तानी प्रणाली ७ दिन पहिले बन्द भएकाले ६० करोड रुपैयाँ भुक्तानी गर्न छुटेको जनाएको छ ।

maya metro hospital

मन्त्रालयले २५ असारमा भुक्तानी प्रणाली संघीय सरकारले बन्द गरिदिँदा मन्त्रालयहरुमा बिल आइसकेको रकम भुक्तानी गर्न नपाइएको जनाएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ६० करोड २० लाख ९ हजार १०३ रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व छुटेको जनाएको छ ।

मन्त्रालयका प्रदेश सचिव जितेन्द्र बस्नेतले प्रारम्भिक तथ्यांकको आधारमा सो रकम भुक्तानी गर्न नपाइएको बताए । उनले केही मन्त्रालय र कार्यालयको भुक्तानी गर्न छुटेको रकम आर्थिक मामिला मन्त्रालयमा आउन बाँकी रहेको बताए ।

attariya hospital

सचिव बस्नेतले ४७ करोड ९६ लाख ९० हजार ३४३ रुपैयाँ पुँजीगत र १२ करोड २३ लाख १८ हजार ७६० रुपैयाँ चालु खर्च भुक्तानी नपाइएको प्रारम्भिक तथ्यांक रहेको बताए ।

उनले भुक्तानीका लागि पर्याप्त रकम रहेको भएपनि सिस्टम सुस्त हुँदा समयमै भुक्तानी गर्न नसकिएको र २५ गते सिस्टम नै बन्द हुँदा दायित्व चालु वर्षमा सर्न गएको बताए । उनले रिकन्सिलेशन मिलाइसकेपछि सो रकम भुक्तानी गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.