महेन्द्रनगरबाट किशोरीको उद्धार

कञ्चनपुर – मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पु-याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पु-याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो ।

Karma Consultancy
belauri nagarpalika

महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइ फकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पु-याएको खुलेको छ ।

citizen security services

‘काठमाडौंमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगन्जसम्म ल्याए’ साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भनिन्, ‘किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही पनि थाहा छैन ।’ किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ । रासस

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.