अत्तरियामा २ दिनमा ८९ मिलिमिटर बर्षा : गर्मी घट्यो, किसानलाई राहत

अत्तरिया – कैलालीको अत्तरियामा लगातार २ दिन बर्षा भएको छ । महाकाली बेसिस फिल्ड कार्यालय अत्तरिया अनुसार २ दिनको अवधिमा ८९ मिलिमिटर बर्षा भएको हो ।

maya metro hospital

मंगलबार ५८ मिलिमिटर र बुधबार २१ मिलिमिटर बर्षा भएको महाकाली बेसिस फिल्ड कार्यालय अत्तरिया मौसम विज्ञान सहायक सिंगल चौधरीले बताए । २ दिन लगातार बर्षा परेपछि यस क्षेत्रमा गर्मी पनि घटेको छ । २ दिन अगाडी ३७ डिग्री सेल्सीयस सम्म पुगेको तापक्रम घटेर आज अधिकतम २८ दशमलव ५ डिग्री सेल्सीयस रहेको थियो ।

मौसम विज्ञान सहायक चौधरीका अनुसार साउन १ गते अधिकतम ३७ दशमलब ८ डिग्री सेल्सीयस र न्यूनतम २६ डिग्री सेल्सीयस, साउन २ गते ३६ डिग्री सेल्सीयस र न्यूनतम २६ दशमलव ६ डिग्री सेल्सीयस, साउन ३ गते ३१ दशमलव ३ डिग्री सेल्सीयस र न्यूनतम २४ दशमलव ५ डिग्री सेल्सीयस र साउन ४ गते २८ दशमलव ५ डिग्री सेल्सीयस र न्यूनतम २६ दशमलव ४ डिग्री सेल्सीयस रहेको थियो ।

attariya hospital

यसबिच अत्तरिया क्षेत्रमा १० दिनको अन्तरालमा परेको पानीपछि किसानहरुले राहत महशुस गरेका छन । आकाशे पानीको पर्खाइमा रहेका किसानहरुलाई रोपाई गर्न सहज भएको छ ।

यसवर्ष नेपालमा मनसुनी वर्षा सरदरभन्दा बढी रहेको पूर्वानुमान भए पनि अहिलेसम्म एकदमै ठूलो वर्षा भने भएको छैन । रोपाइँकै बेला पानीको अभाव झेलेका किसानले धान रोपिसकेपछि पनि त्यहि समस्या झेलिरहेका थिए । चर्को घाम लाग्दा भएको सुख्खाका कारण धान नै सुक्न थालेको समयमा भएको बर्षाले किसानलाई राहत पुगेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा यस वर्ष ६९ हजार पाँच सय हेक्टर जमिनमा धान खेती भएको छ । आकाशे पानीको भरमा खेतीपाती गर्ने केही स्थानमा बाहेक प्रायः सबैतिर रोपाइँ सम्पन्न भइसकेको जनाइएको छ । जिल्लाको पहाडी क्षेत्र चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका किसानले ढिलो रोपाइँ गर्ने गरेका छन् । सिँचाइ सुविधा नभएका त्यहाँको किसानले रोपाइँ गर्न आकाशे पानीको भर पर्ने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.