अत्तरिया – कैलालीको अत्तरियामा रहेका २ सय बढी घरधुरीमा विद्युत सेवा अवरुद्ध भएको छ । मगलबार अत्तरियाको पुर्व रोडमा राखिएको ट्रान्समिटर पड्किएर बिद्युत सेवा अवरुद्ध भएको हो । सुगम क्षेत्रमै पड्किएको ट्रान्समिटर दोस्रो दिन सम्म पनि मर्मत नहुँदा सो क्षेत्रका जनताले हैरानी खेपिरेहेका छन ।

स्थानीय परी नाथले गर्मीको समयमा २ दिन सम्म विद्युत सेवा अवरुद्ध हुँदा निकै समस्या भइरहेको बताए । उनले विद्युत कार्यालयमा पटक पटक फोन गर्दा पनि बेवास्ता गरिएको बताए ।


अत्तरिया नो लाईटका इन्चार्ज सुनिल खड्काले ट्रान्सफर्मर फेर्नुपर्ने भएकाले नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रमा खबर गरेको बताए । उनले धनगढीबाट ट्रान्सफर्मर पठाएपछि आफूहरुले जडान गर्ने बताए । उनले अत्तरियामा ट्रान्सफर्मर नभएको बताए ।

उता धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले वितरण केन्द्रमा ट्रान्सफर्मर भएपनि क्रेन नहुँदा जडानमा ढिलाई भएको बताए । उनले भने ‘हामीसंग अहिले ट्रान्सफर्मर जडानका लागि क्रेन नहुँदा बिलम्ब भएको हो । क्रेन हेटौडा गएको छ । मैले अहिले भाडाको क्रेन भएपनि खोज्दै छु ।’
अहिले ट्रान्सफर्मर जलेपछि अत्तरियामा रहेको सशस्त्र बाहिनी सहित विजयनगर, पुर्वी बसन्तपुर लगायतका क्षेत्रमा विद्युत अवरुद्ध भएको नो लाईट अत्तरियाका इन्चार्ज खड्काले बताएका छन । २ सय केभिएको उक्त ट्रान्सफर्मरमा लोड बढी भएका कारण पटक–पटक फ्युज समेत जाने गरेको स्थानीयले बताएका छन ।