थारु गाउँमा हर्धौवाको रौनक

धनगढी – कैलालीका थारु समुदायले गाउँघरमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइरहेका छन् । खेतीपातीको काम सकेको खुशीयालीका रुपमा हर्धौवा पर्व मनाउने चलन छ । रोपाइँ सकेको खुशाीयालीस्वरुप मनाइने पर्व हर्धौवा थारु समुदायका विभिन्न गाउँमा मनाउन थालिएको हो । हर्धौवा पर्वमा थारु समुदायले गाउँघरमा बङ्गुर मारेर सबै जना जमघट गर्दै रमाइलो खानपानसहित मनाउने चलन रहेको जानकी गाउँपालिका वडा नं ३ का मानबहादुर चौधरीले बताए ।

Karma Consultancy

‘असार महिना भरि किसान खेतमा व्यस्त रहने, खेती गर्दाको थकाइ मेट्न, सबै किसान मिलेर मासुको जोहो गरेर, मीठा मीठा परिकार बनाएर थकाइ मेट्ने चलन छ’, उनले भने, ‘गाउँका सबैको खेती रोपाइँ सकिएकाले आजभोलि किसान मिलेर खानपान र रमाइलो गरिरहेका छन् ।’
उनले घरघरमा भएका नयाँ तरकारी पकाउने, अन्य समयभन्दा मीठो खाने चलन रहेको बताए । थारु गाउँघरका सबैजसो गाउँमा हर्धौवा पर्व मनाउन थालिएको छ । कुनै समुदायमा रोपाइँ सकिएको दिन रमाइलो गरेर मनाउने गरेका हुन्छन् भने कुनै गाउँमा सबै जना एकै दिन पारेर सामूहिकरुपमा मनाउने गरेका हुन्छन् ।

citizen security services
belauri nagarpalika

महिनौं दिनसम्म खेतीपातीका काममा व्यस्त रहने भएकाले मीठो खान नपाइने र नातेदारसँग भेटघाट नहुने भएकाले खेती सकेपछि सबै जना जमघट हुने, मीठो परिकार खाने अवसरका रुपमा हर्धौवा मनाइने गरिएको किसान अगुवा सुन्दर चौधरी बताउँछन् ।

attariya hospital

हर्धौवामा थारु समुदायमा मासु अधिक रुपमा खाने चलन छ । खेतीपातीको काम गर्दा शक्ति नास भएको महसुस गरिने भएकाले हर्धौवा पर्वमा शक्ति प्राप्त गर्न माछा, मासु, पकौँडा, फुलौरालगायत प्रथा जनित खानपिन गर्ने गरिन्छ । थारु समुदायका अगुवा हरि चौधरी हर्धौवा मनाउनु थारु समुदायको परम्परा र संस्कृतिसँग जोडिएको संस्कार भएकाले पनि यसलाई निरन्तरता दिने गरिएको बताउँछन् ।

यसपछिका दिन थारु समुदायका पुरुष खेतमा सिँचाइका लागि रेखदेख गर्ने गर्दछन् भने महिला परम्परागत सामग्री ढकिया, डेलिया लगायतका सामग्री बुन्ने, माछा मार्ने काम गरेर समय व्यवस्थापन गर्दछन् । महिलाले बनाउने ढकिया, डेलिया अन्नपात र सरसामान राख्न प्रयोग हुने गर्दछन् । त्यसबाहेक फुर्सदमा माछा मारेर महिलाले तरकारीको जोहो गर्ने गर्दछन् ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.