अत्तरिया – अत्तरिया बजार क्षेत्रमा निर्माण गरिएका नाला फोहोर फाल्ने डस्टबिनमा परिणत भएका छन । बजार क्षेत्रमा खुल्ला छोडिएका नालामै स्थानीयले फोहोर फाल्दा नाला फोहरले भरिएका हुन ।
नाला फोहोरले भरिदा बर्षादको पानी निकास नहुँदा सडकमा समेत पानी जम्ने गरेको छन । अत्तरिया बजारका राजमार्ग क्षेत्रमा निर्माण गरिएका नाला अभिकासं भताझुङ्ग र ढक्कन नभएका छन ।
स्थानीय कमल प्रशाद बरालले सडक किनारामा डस्टबिन राखिएको भएपनि नालामा फोहोर फाल्ने बानी नहट्दा नालानै डस्टबिनमा परिणत भएको बताए । उनले नालाका ढक्कन फुटेर ठाउँठाउँमा खुल्ला भएका कारण पनि फोहोर नालामा फाल्ने समस्या बढेको बताए ।
‘नाला फोहोरले भरिएपछि बर्षादको पानी पनि निकास हुन पाएको छैन । नालामा फोहोर भरिएपछि सडकमा पानी जमेको छ’ उनले भने ‘व्यवस्थित नाला निर्माण नहुदा र स्थानीयको जथाभावी फोहर फाल्ने बानीले समस्या बढेको छ ।’