अत्तरिया – बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि सडक अवरुद्ध भएको छ । अविरल वर्षापछि सेती नदीमा आएको बाढीले सडक कटान गरेपछि बाटो अबरुद्ध भएको हो । सेती नदीको वहाव बढेकाले तत्काल सो सडक सुचारु गर्न सकिने अवस्था नरहेको जनाइएको छ ।


पहिरोले बैतडी र बझाङमा पनि मुख्य राजमार्ग अवरुद्ध भएका छन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

दार्चुला र बैतडीका तीन ठाउँमा स्थानीय र प्रहरीले संयुक्त रुपमा पहिरो पछ्याएर सडक खुलाउने प्रयास जारी रहेको जनाईको छ ।
