दुवै मृगौला फेल भएका सचिनको उपचारमा आर्थिक अभाव

अत्तरिया – दुवै मृगौला फेल भएका सचिन शर्माको उपचारका लागि आथिक अभाव भएको छ । दाङको तुलसीपुर उपमहानगरपालि –६ गोलौरा सचिन बिगत ६ महिना देखि मृगौलाको उपचार गराइरहेका भएपनि पछिल्लो समय उपचारका लागि आर्थिक अभाव श्रृजना भएको हो ।

Karma Consultancy

हाल सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कृर्षी विज्ञान संकाय चौथो सेमिस्टरमा अध्ययन रहेका सचिनको मृगौला डायलाइसिस केन्द्र लमहीमा उपचार भइरहेको छ । तर, हाल आएर दुवै मृगौलाले काम गर्न छोडेपछि डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएपनि उनलाई मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएको छ ।

citizen security services

उनका बुवा बामदेव शर्मा न्यौपान बैदेशिक रोजगारका शिलशिलामा कुवेत गएका भएपनि उनी पनि ६ महिना अगाडी छोराको उपचारका लागि नेपाल फर्किएका थिए । जसले गर्दा हाल उनको परिवार आर्थिक संकटमा परेको छ ।

attariya hospital

‘बिदेशमा कमाएको पैसा पनि छोराको उपचारमा सकियो’ सचिनका बुवाले भने ‘हाल उपचारका लागि खर्च जुटाउन निकै समस्या परेकाले अहिले सबैलाई सहयोगको अपिल गरेका छौ ।’ उनले हाल ‘सचिन बचाउ अभियान’ सुरु गरेका आर्थिक संकलन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.