डोटीमा आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब बजेट फ्रिज
डोटी – डोटीमा आर्थिक वर्ष २०७८/०७९ मा ११.७७ प्रतिशत बजेट फ्रिज भएको छ । जिल्लामा कुल ८ अर्ब ५४ करोड ७६ लाख ५१ हजार ४ सय ६५ रुपैया बजेट विनियोजन भएको थियो । उक्त बजेटको ११.७७ प्रतिशत अर्थात रु. १ अर्ब ५७ लाख ६० हजार ४ सय ६६ रुपैयाँ बजेट फ्रिज भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लामा पुँजीगततर्फ १ अर्ब ८४ करोड ६८ लाख १५ हजार ५ सय बजेट विनियोजन भएकोमा १ अर्व १९ करोड ३५ लाख ८२ हजार ४ सय ४५ मात्रै खर्च भएको छ ।
यस्तै आर्थिक वर्ष ०७८÷०७९ का लागि जिल्लामा विनियोजित ६ अर्ब ७० करोड ८ लाख ३५ हजार ९ सय ६५ मध्ये ६ अर्ब ३४ करोड ८३ लाख ८ हजार ५ सय ५४ रुपैयाँ खर्च भएको छ ।
जिल्लामा सो अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४ सय ७३ रुपैयाँ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, डोटीका सूचना अधिकारी जयदेव पन्तले जानकारी दिए ।