कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु


कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–९ का रमेश धामीको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।

maya metro hospital

सोमबार सुदूरपश्चिम प्रदेश ०२००३ प ४३५७ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका धामीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.