दार्चुलामा एक युवती मृत भेटिइन्

 

दार्चुला – महाकाली नगरपालिका–३ मानाकोटमा एक युवती सोमबार दिउँसो मृत अवस्थामा भेटिएकी छन् । मानाकोटकी २० वर्षीया रोशनी महरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ ।

maya metro hospital

प्रहरीका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए । विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत राजेश शाहीले बताए ।

मृतक महरा केही समयदेखि माइती घरमा बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.