अत्तरिया – कैलालीको गौरीगंगामा साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको बस फेला परेको छ । गौरीगंगा नगरपालिका – १ चौमालामा गौरीगंगा नगरपालिका – २ कटानका ४६ बर्षीय खडक थापालाई ठक्कर दिएको बस १२ घण्टा पछि फेला परेको हो ।
उक्त बस धनगढी उप–महानगरपालिका – १ पुष्पलाल चोक बस्ने ४३ बर्षीय दीप श्रेष्ठले चलाएको ना ६ ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त बस इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान सवा ५ बजेको समयमा चौमाला बुहमुखी क्याम्पस नजिक पुर्वबाट पश्चिमतर्फ तर्फ आउँदै गरेको बसले विपरित दिशा तर्फ जाँदै गरको दुध बोकेको साइलकल यात्री थापालाई ठक्कर दिएको थियो । घाइते थापाको हाल धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।