कञ्चनपुरको सीमामा एसएसबीद्धारा खेत जोत्न रोक

कञ्चनपुर – कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्न रोक लगाएको छ । एसएसबीले दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा खेत जोत्नमा रोक लगाएको हो ।

maya metro hospital

सीमा क्षेत्रमा रहेको स्थानीय ईन्द्र बहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जा जग्गा जोत्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको थियो ।

शनिबार इन्द्रबहादुर रोकाया मगरले आफ्नो खेत जोत्न लाग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको स्थानीयले बताए । भारतीय सीमा सुरक्षा बलले खेत जोत्न नपाएपछि इन्द्रबहादुर मगरले स्थानीय प्रशासनलाई गुहार लगाएका थिए । भारतीय पक्षको जबरजस्ती गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.