मलेसिया – सेलांगोर राज्यमा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको क्षेत्रीय समिति गठन गरिएको छ । आईतबार सेलांगोर राज्य अन्तर्गत केलाङमा सम्पन्न भएको पहिलो भेलाले राम बहादुर साउँदको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्ष तारा दत्त भट्ट , महिला उपाध्यक्षमा निर्मला बोहोरा, सचिवमा मान बहादुर महरा, सह–सचिवमा भरत बोहोरा कोषाध्यक्षमा चन्द्र बहादुर बलायर, सर्वसम्मत चयन गरेको छ ।
यसैगरी सदस्यमा क्रमशः टेक बहादुर पुजारा, देब राज पन्त, शंकर दत्त जोशी, विकाश अवस्थी, प्रमुख सल्लाहकारमा गोर्ख बहादुर खसवा, प्रथम सल्लाहकारमा नृप बहादुर कसरालाई चयन गरिएको छ ।
सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भने मुख्य नाराको साथ भएको प्रथम भेला व्यवस्थापन संयोजक राम बहादुर साउँदको सभापतित्वमा भएको थियो । भेलाका प्रमुख अतिथि नेपाली राजदूतावास मलेसियाका जनसम्पर्क अधिकृत एवं सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय संरक्षक, संस्थापक टेक बहादुर बुढा रहेका थिए भने विशिष्ट अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया का अध्यक्ष दिनेश खड्का ’खप्तडी’ रहेका थिए ।
यसैगरी अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया कि महिला संयोजक धर्मा साउँद, सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष तिलक चन्द ठकुरी, सुदूरपश्चिमेली नेपाली समाज मलेसिया निबर्तमान अध्यक्ष तुलाराम धामी, समाजसेवि मोडल बिष्नु मल्ल रहेका थिए ।
भेलामा सुदूरपश्चिम प्रदेश घर भई मलेसियाको सेलांगोर राज्यमा विभिन्न कारणले बसोवास गर्दै आएका सुदूरपश्चिमेली नेपालीहरुको उपस्थिति रहेको थियो ।