मोहन्यालका अधिकृत घुससहित पक्राउ
धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् ।
बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँ सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए ।
घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन (घुस) मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको उनले बताए । क्षेत्रीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।