धनगढीको ऐश्वर्य विद्या निकेतनलाई शैक्षिक शुल्कवृद्धि फिर्ता लिन अल्टिमेटम

 

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको ऐश्वर्य विद्या निकेतनले एकैपटक ३० प्रतिशत शुल्क बढाएको बढाएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थीले संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले विरोध जनाएको छ ।

maya metro hospital

महँगी बढेको भन्दै सो विद्यालय प्रशासनले १ साउनदेखि लागू हुनेगरी विद्यार्थीसँग लिइरहेको शुल्कमा ३० प्रतिशत वृद्धि गरेको थियो । उक्त शुल्क २४ घण्टाभित्र फिर्ता लिन सो विद्यार्थी संगठनले अल्टिमेटम दिएको हो ।

‘अभिभावक र विद्यार्थीहरूमा चरम महँगीले पारेको आर्थिक समस्याको बावजुद विद्यालय प्रशासनले विद्यार्थीहरूको शैक्षिक व्यवस्थापनलाई देखाएर विद्यार्थी तथा अभिभावकको ढाड सेक्ने गरि एकैचोटि ३० शुल्क वृद्धि गरेकोप्रति हाम्रो संगठनका गम्भीर ध्यानाकर्षण भएको छ ।उक्त शुल्क वृद्धिको घोर भर्त्सना गर्दै मनोमानी र एकलौटी ढंगले गरिएको शुल्कवृद्धिको निर्णय २४ घण्टाभित्र फिर्ता लिई यथावत रहेको शुल्कलाई निरन्तरता दिन जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

attariya hospital

उक्त मागलाई बेवास्ता गरिए चरणबद्ध रूपमा आन्दोलनमा जाने अनेरास्ववियु (क्रान्तिकारी) ले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.