धनगढीमा विशेषज्ञ वडा क्लिनिक सेवा सुरु

धनगढी – धनगढीमा विशेषज्ञ वडा क्लिनिक सेवाको शुभारम्भ भएको छ । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच सेवाको शुभारम्भ गरेका हुन् । धनगढी उपमहानगरपालिकाको वडानम्बर १९ बाट सेवाको शुभारम्भ गरिएको हो ।

maya metro hospital

धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै वडाहरुमा विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यो सेवा प्रत्येक महिना तालिका अनुसार १९ वटै वडामा निशुल्क प्रदान गरिने बताइएको छ ।

धनगढीका नगरप्रमुख गोपाल हमालले यसअघि नै आफूलाई चढ्न दिइएको गाडी उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य शाखालाई प्रदान गरेका छन् ।

attariya hospital

यस्तै धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको छ । उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.