कञ्चनपुरमा युवतीमाथि सामुहिक बलात्कार, प्रहरी सहित ४ जना पक्राउ
कञ्चनपुर – कञ्चनपुरकी एक युवतीमाथि सामुहिक बलात्कार गरिएको छ । असार २३ गते राती ति युवतीमाथि सामुहिक बलात्कार भएको हो । ती युवतीले सामुहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको छ । प्रहरीले युवतीले दिएको किटानीको आधारमा सशस्त्र प्रहरीका कार्यरत १ जना सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पुनर्वास ९ ख गाउँ बस्ने शुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र विओपी बीचफाँटामा कार्यरत सशस्त्रका जवान यमप्रसाद जैशी रहेका छन् ।
प्रहरीका अनुसार बलात्कार आरोपा लागेका शुशील बिष्ट र ति युवती बिच प्रेम सम्बन्ध रहेको थियो । शुशीलले नै युवतीलाई उखु बारीमा बोलाएपछि उनी भेट्न गएको बेला ति युवकले अन्यलाई पनि बोलाएर सामुहिक बलात्कार गरेको युवतीले प्रहरी समक्ष बयान दिएकि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।
आरोपितहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।