पिसाब नलीमा पत्थरी भएकी ४ बर्षीय बालिकाको निसर्गमा सफल शल्यक्रिया
धनगढी – बझाङ सैपाल गाउँपालिकाकी ४ वर्षीया एन्जेल लामाको पिसाब नलीमा भएको पत्थरीको शल्यक्रिया गरिएको छ । मृगौलामा पत्थरी भएकी ति बालिकाको धनगढीमा रहेको निसर्ग अस्पतालमा शल्यक्रिय गरिएको हो ।
उनको चेकजाँच गर्दा देब्रेतिरको पिसाब नलीमा ९ एमएमको पत्थरी अड्केर बसको अवस्थामा देखिएको अस्पतालका मृगौला तथा मुत्र रोग विशेषज्ञ डा प्रज्ञान ख्वाँजूले बताए । ‘यति सानो उमेरमा पत्थरी हुने सम्भावना निकै कम हुन्छु’ उनले भने, ‘कहीँ, कसैमा बंशाणुगत कारणले पत्थरी बन्ने सम्भावना हुन्छ र यति सानो उमेरमा मृगौला तथा पिसाब नलीमा भएको पत्थरीको अप्रेसन यस क्षेत्रमा त्यति सहज नभए पनि निसर्ग हस्पिटलको चिकित्सकहरुको टिमले त्यसलाई सफलतापूर्वक शल्यक्रिया गरेको छ ।’
उनले बालिकाको पातलो दुरबिन प्रयोग गरेर पत्थरी फुटाएर निकालेको उपचारमा संलग्न नवजात शिशु तथा बालरोग विशेषज्ञ डा दिपक पौडेलले बताए ।
यो पद्धतिलाई यूआरएसएल भनिने मृगौला तथा मुत्ररोग शल्य चिकित्सक डाक्टर ख्वाँजू बताउँछन् । साधारणतया ठूलो मान्छेको मृगौला तथा पिसाब नलीको पत्थरीको दुरबिन पद्धतिबाट गरिने अप्रेसन निसर्ग हस्पिटलले गर्दै आएको छ । तर नाबालकको उपचारमा सानै दुबिन आवश्यक पर्छ । जुन यस क्षेत्रमै सम्भव छैन । काठमाडौं तथा अन्यत्र पठाउनुपर्ने अवस्थाको बिरामीको उपचार आफूहरुले सफल रुपमा गरेको सल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् ।
चार वर्षकी एन्जेलको उपचार नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर दिपक पौडेल, मृगौला तथा मुत्ररोग विशेषज्ञ डाक्टर प्रज्ञान ख्वाँजू, एनेस्थेसियोलोजिस्ट डाक्टरद्वय हेमन्त ओझा र सुनिल भट्टलगाएतको टिम सहभागी थियो ।