सेती अस्पतालको बेरुजु २४ करोड, दार्चुला र अछाम अस्पतालको बेरुजु शुन्य
अत्तरिया – सेती प्रादेशिक अस्पतालको बेरुजु २४ करोड ४६ लाख ११ हजार देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार उक्त बेरुजु देखिएको हो । जुन प्रदेश भित्र रहेका अस्पतालहरु मध्ये सबै भन्दा बढी बेरुजु हो ।
महालेखाको प्रतिवेदनमा जिल्ला अस्पताल दार्चुला र अछामको बेरुजु शुन्य देखिएको छ । त्यस्तै जिल्ला अस्पताल डोटीको बेरुजु १ करोड ९४ लाख १३ हजार, टीकापुर अस्पतालको बेरुजु ६२ लाख ३३ हजार, जिल्ला अस्पताल बाजुराको बेरुजु ४० लाख ९१ हजार, जिल्ला अस्पताल बझाङको बेरुजु ९ लाख ९३ हजार, महाकाली अस्पतालको बेरुजु ६ लाख १४ हजार र जिल्ला अस्पताल बैतडीको बेरुजु १ लाख १० हजार देखिएको छ ।