गोदावरीको बेरुजु ६ करोड ९२ लाख बढी

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको बेरुजु ६ करोड ९२ लाख ७४ हजार देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा गोदावरीमा उक्त बेरुजु देखिएको हो ।उक्त प्रतिवेदन अनुसार कैलालीका १३ स्थानीय तहमा ७४  करोड ५ लाख ६१ हजार बेरुजु रकम देखिएको छ ।

maya metro hospital

कैलालीमा सबैभन्दा बढी बेरुजु भएको रकम घोडाघोडी नगरपालिकामा देखिएको छ । उक्त नगरपालिकामा १५ करोड ७९ लाख ३६ हजार रुपैंया बेरुजु देखिएको छ । जोशीपुर गाउँपालिकामा सबैभन्दा कम देखिएको छ । त्यस नगरपालिकामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै धनगढी उपमहानगरपालिमा १० करोड ५१ लाख ६५ हजार रकम बेरुजु देखिएको छ ।

यस्तै टीकापुर नगरपालिकामा ६ करोड ६७ लाख १ हजार, भजनी नगरपालिकामा ५ करोड ७२ लाख ८८ हजार, लम्कीचुहाँ नगरपालिकामा ५ करोड ६३ लाख १८ हजार गौरीगङ्गा नगरपालिकामा ४ करोड १९ लाख १२ हजार रकम बेरुजु देखिएको छ ।

attariya hospital

यस्तै मोहन्याल गाउँपालिकामा ४ करोड ८४ लाख १ हजार, चुरे गाउँपालिकामा ३ करोड ५६ लाख ५९ हजार, बर्दगोरीया गाउँपालिकामा २ करोड ५४ लाख ४५ हजार, जानकी गाउँपालिकामा २ करोड ५७ लाख ४ हजार रकम बेरुजु देखिएको छ । यस्तै ३ करोड २० लाख ८३ हजार रकम कैलारी गाउँपालिकाको बेरुजु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.