जहाजमा चुरोट तानेका युवा भन्छन ‘जहाजमा चुरोट तान्न नमिल्ने नियम थाहा भएन’

धनगढी – जहाजमा चुरोट तानेर चर्चामा आएका टीकापुरका २९ बर्षीय नारायण उपाध्यायले आफूलाई जहाजमा चुरोट तान्न नमिल्ने नियमका बारेमा जानकारी नभएको बयान दिएका छन । बुधबार दिउँसो करिब सवा ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको जहाजमा चुरोट तानेका उपाध्यायले आफू पहिलो पटक जहाजमा चढेको बताएका छन ।

maya metro hospital

उनले आफूले मदिरा सेवन गरेकाले अन्जानमा उक्त घटना भएको प्रहरीकोमा बयान दिएको कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन ।

उनले काठमाडौं विमानस्थलमा चेकिङ्ग हुँदा सुरक्षाकर्मीले चुरोट र लाइटर भेटाए फाल्न भनेपनि आफूले लुकाएर जहाजमा लिएको बताएका छन । जहाज उडेपछि उनले शौचालयमा छिरेर चुरोट तानेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.