कञ्चनपुरको एक घरमा दिउँसै लुटपाट
कञ्चनपुर – कञ्चनपुरको एक घरमा दिउँसै लुटपाट भएको छ । जिल्लाको भिमदत्त नगरपालिका – ४ गोबरियामा रहेको गिता चन्दको घरमा बुधबार दिउँसो लुटपाट भएको हो ।
पिडित चन्दले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको निवेदनमा १ लाखसहित सुनका गहना लुटिएको बताएकी छन ।
भारतीय नागरिक जस्ता देखिने ४ जनाको समूहले गीताको हातखुट्टा बाँधेर घरमा लुटपाट गरेको बताइएको छ । घटनाबारे अनुसन्धान भइहेको कञ्चनपुर प्रहरीका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।