साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा – तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ। वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरो गएपछि सडक बिहीबार बिहानदेखि अवरुद्ध भएको हो।

अम्कोटको पहिरोले थप समस्या भएको छ। जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सूर्य थापाले तलबाट सडक भासिन र माथिबाट ढुंगा खस्न थालेपछि सडक अवरुद्ध बनेको जानकारी दिए। राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो खस्ने क्रम जारी छ।

उपरीक्षक थापाले पहिरो पन्छाउन प्रहरीको टोली खटाएको प्रहरी नायब बताए। हरेक वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ। वैकल्पिक सडक नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्।

स्थानीय बासिन्दाले सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि भइरहेको गुनासो गरेका छन्।

रासस

maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.