धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका भाषा, साहित्य, संस्कृति एवं गायन संगीत कला क्षेत्रका स्रष्टालाई गरेको छ। भानु जयन्तीको अवसर पारेर आज प्रदेशको सामाजिक विकास मन्त्रालयले चार जना स्रष्टालाई सम्मान गरेको हो ।
सामाजिक विकासमन्त्री गोविन्द बोहरा तथा राज्यमन्त्री टेक बहादुर रैकाले संयुक्त रुपमा स्रष्टालाई नगद ७५ हजार रुपयाँ पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा लोक संस्कृति विधातर्फ डडेल्धुराको अजयमेरु गाउँपालिका ३ का ६४ वर्षीय वासुदेव पाण्डेय, गायन विधातर्फ धनगढी उपमहानगरपालिका–१ कैलालीका ५५ वर्षीय पप्पु कुमार जैरु (पिके नारायण), ललितकला विधातर्फ अजयमेरु गाउँपालिका–२ डडेल्धुराका ६४ वर्षीय तारा चुनारा र साहित्य विधातर्फ धनगढी उपमहानगरपालिका–५ कैलालीका ४५ वर्षीय रामलाल जोशी रहेका छन् ।
प्रदेशका स्रष्टालाई थोरै भए पनि यस सम्मानले हौसला थपिने सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री गोविन्द बोहोराले बताए ।