बैतडीमा बाख्रा चराउन गएका किशोरको भिरबाट लडेर मृत्यु 

बैतडी – भिरबाट लडेर बैतडीमा एक किशोरको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका – २ चडेखान बस्ने १७ वर्षीय विरेन्द्र बोहराको भिरबाट लडेर मृत्यु भएको हो ।

maya metro hospital

बाख्रा चराउन गएका बोहराको छत्यौडा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

बुधबार दिउँसो साढे १२ बजेतिर लडेर सुनीगाडमा खोलामा परेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उनी निङ्गलाशैनी मावि देहीमाण्डौंमा कक्षा १२ अध्ययनरत थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.