अत्तरिया – कैलालीको गोदावरीमा हाइलक्स गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन्।
गोदावरी नगरपालिका–९ बल्मी चोक नजिकै बीएए ६२५२ नम्बरको हाइलक्स दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।
बुधबार दिउँसो भएको दुर्घटनामा परी काठमाडौं महानगरपालिकाका चालक ५१ वर्षीय रामेश्वर नजिर र गाडीमा सवार भक्तपुर नगरपालिकाकी २७ वर्षीया निजी घिमीरे घाइते भएको भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।