मनहरा पुल नजिकै ट्रक पल्टियो

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका –५ मनहरा पुल नजिकै ट्रक पल्टिएको छ । अत्तरियाबाट धनगढी जाँदै गरेको ट्रक हिजो राती सडक छेउमा पल्टिएको हो ।

maya metro hospital

ना ६ ख ६८२५ नम्बरको ट्रक आफै अनियन्त्रिय भएर पल्टिदाँ ट्रक चालक धनगढी उपमहानगरपालका – १३ का ५० बर्षीय गणेश आले र सहचालक धनगढी उपमहानगरपालिका – ७ का १९ बर्षीय रमेश भुजेल घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइेते दुवै जनाको कैलाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.