सुदूरपश्चिम प्रदेश सभाको बैठक १ बजेका लागि सारियो
धनगढी– सुदूरपश्चिमको प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि सारिएको छ । यसअघि बैठक बुधबार बिहान ११ बजे बस्नेगरि बोलाइएको थियो ।
प्रदेश सभामा बजेटमाथिको छलफल गर्नुपर्ने भएपनि प्रतिपक्षी दलको अवरोधका कारण बैठक प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बजेट संशोधन गर्नुपर्ने माग गर्दै आएको छ ।
बिहान सरकारले प्रतिपक्ष दलसँग छलफल समेत गरेको छ । छलफलमा उनीहरूले सरकारसँग १४ बुँदे माग राखेका छन् ।