मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

अत्तरिया – मोटरसाईकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका – ९ शंकरपुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा रामअवतार कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

bishal shuit house

मंगलबार राती सु.प.प्र. ०१–००९ प ७८९१ र से ७ प ११४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा से ७ प ११४७ नम्बरको मोटरसाइकलका चालक कठरियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले बताए ।

joshi vada pasal 2

उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा सुपप्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जोशीले बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.