बैतडीका दुई जनाले गरे सामाजिक सुरक्षा भत्ताको दोब्बर रकम फिर्ता

बैतडी – बैतडीका २ जनाले सामाजिक सुरक्षा भत्ताको दोब्बर रकम फिर्ता गरेका छन ।

Karma Consultancy

जिल्लाको डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकाका १/१ जनाले सामाजिक सुरक्षा भत्ता वाफत पाएको रकमको दोब्बर रकम फिर्ता गरेका हुन ।

citizen security services
belauri nagarpalika

राष्ट्रिय परिचय पत्र विवरण संकलनका क्रममा तथा जिल्ला प्रशासन कार्यालयमा आएको गुनासोको आधारमा अनुसन्धान गर्दा १६ जनाले नागरिकतामा जन्म मिति बढाएर भत्ता लिइरहेको फेला परेको थियो ।

attariya hospital

सोही आधारमा उमेर बढाएर भत्ता लिईरहेका २ जनाले हालसम्म पाएको भत्ताको दोब्बर रकम फिर्ता गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले बताए ।

उनले बाँकी १४ जनाको पनि प्रहरीले अनुसन्धान गरिरहेको र उनिहरुबाट पनि दोब्बर रकम असुल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.