सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

अत्तरिया – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । गणपुरक संख्या नपुगेको भन्दै आज तय गरिएको प्रदेशसभाको बैठक स्थगित भएको हो ।

सभामुख अर्जुनबहादुर थापाले सभा सञ्चालनका लागी गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरेका छन । प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थापाले जानकारी गराए ।

joshi vada pasal 2
bishal shuit house

निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता पठानसिंह बोहोराका अनुसार सरकारका अर्थमन्त्री प्रकाश रावलले आज प्रतिपक्ष दलसँग छलफल गर्ने बताएका थिए । जसका कारण आफूहरूले प्रदेशसभा बैठक बहिस्कार गरेको बोहराले बताए ।

maya metro hospital

नेपाली काँग्रेसले भने सदनमा बजेट कार्यक्रम सच्याउने भन्ने प्रतिबद्धता आए मात्रै बजेट समर्थन गर्ने निर्णय गरेको छ । काँग्रेस सदस्यीय दलका प्रवक्ता डिल्लीराज पन्तले सदनमा बजेट सच्याउने प्रतिबद्धता आए समर्थन गरेर जाने निर्णय भएको बताए । काँग्रेस संसदीय दलको बैठक आज बिहान बसेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.