गोदावरीका शैक्षिक एवम् धार्मिक क्षेत्रमा ‘भोट बराबरको बोट’ अभियान अन्र्तगत ३ हजार बोट वितरण

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका विभिन्न धार्मिक एवम् शैक्षिक स्थानमा विरुवा वितरण गरिएको छ । शनिबारबाट सञ्चालीत ‘भोेट बराबरको बोट रोप्ने’ अभियान अन्र्तगत मंगलबार ३ हजार बोटविरुवाहरु वितरण गरिएको हो ।

maya metro hospital

नगरपालिकामा मेयरमा नेपाली कांग्रेसले पाएको भोट बराबरको बोट रोप्ने पुर्वघोषित योजना अनुसार अभियान सञ्चालन गरी बोट वितरणको कार्य सुरु गरिएको अभियानकर्मी प्रेम भट्टले बताए । शनिबार दुर्गा मन्दिर र जानकी मन्दिरमा वृक्षारोपण गरी नगरप्रमुख विरेन्द्र भट्टले अभियानको सुरुवात गरेका थिए । उक्त अभियान अन्र्तगत नै मंगलबार नगरप्रमुख भट्टले नगरका विभिन्न शैक्षिक एवम् धार्मिक क्षेत्रहरुमा बोटविरुवा वितरण गरेका हुन ।

attariya hospital

अभियान अन्र्तगत अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, वडा नं. ६ खैरानापुल नजिक रहेको कालसैनी भैरवको मन्दिर, सोही वडामा रहेको शैलेश्वरी माध्यमिक विद्यालय, वडा नं. २ मा रहेको शान्ती बाल उद्यान, कृष्ण आधारभुत विद्यालय, राधाकृष्ण मन्दिर, वडा नं. ७ मा रहेको ग्वासी समैजी मन्दिर र भवानी मन्दिरमा बोटहरु वितरण गरिएको अभियानकर्मी भट्टले बताए ।

स्थानिय तहको निर्वाचन अघि नेपाली कांग्रेसका कैलाली जिल्ला सदस्य समेत भट्टले मेयरमा कांग्रेसले पाएको भोट बराबर विरुवा रोप्ने घोषणा गरेका थिए । सोही घोषणालाई मुर्त रुप दिन अभियान नै सञ्चालन गरी बोटविरुवा वितरणको कार्य गरिरहेको उनले बताए ।गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा जम्मा १५ हजार ५ सय ३० भोट पाएको थियो ।

 

मंगलबार वितरण गरिएका विरुवाहरुमा रक्तचन्दन, रुद्राक्ष, आँप, लिचि, कपुर, सिम्रिक, गुल्मोर, अम्बा, अमला, कपुर, बेल, सञ्जीवनी लगायत रहेका छन ।

अभियान अन्तरगत नै नगरका प्रत्येक घरमा १/१ विरुवा निःशुल्क वितरण गरिने समेत अभियानकर्मी भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.