सुदूरपश्चिममा आज वर्षाको सम्भावना
अत्तरिया – मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम सहित देशका विभिन्न स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण सुदूरपश्चिम सहित प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।


यतिबेला प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो यिनै प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ ।

आज राति देशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
